Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुर्वेली दर्शकसँग माया साट्दै 'भाग् सानी भाग्'

फिल्मीखबर, काठमाडौं, 2016/03/08
चैत्र ५ रिलिज मिति नजिकिँदै गर्दा फिल्म 'भाग् सानी भाग्' टिम अहिले प्रचारप्रसारमा व्यस्त छ । केहि हप्दा पहिले पश्चिम नेपाल पुगेर फर्केको फिल्म युनिट अहिले पुर्वी नेपालमा छ । 
 
पुर्वेली दर्शकमाझ साक्षात गर्न तथा फिल्मको बारेमा जानकारी गराउन ठाउँ-ठाउँमा प्रेस भेटघाट गर्दै अघि बढेको ईटहरी पुगेका कार्यकारी निर्माता चेतन सापकोटाले बताए । सहदेव गौतम र निर्देशक नवल नेपालसहितको टिम पुर्वी नेपालमा मुख्य स्टेशन मानिने विर्तामोड, दमक, धरानमा पत्रकार भेटघाट सक्दै ईटहरी पुगेको हो । 
 
पुर्वी दर्शकले हालसम्म सार्वजनिक ट्रेलर र गीतबाट नै फिल्मप्रति धेरै आशा राखेका संगितकार समेत रहेका सापकोटाले दाबी गरे । कमर्सियल फिल्म बनाएको भन्दै मोफसल दौडाहामा सबैतिरका दर्शक फिल्मप्रति उत्साहित पाएको  उनको भनाई छ । फिल्ममा सविन श्रेष्ठ र केकी अधिकारी लिड रोलमा छन् ।
Most Visited News (monthly)