Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

बाहिरियो श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम फिल्मको ट्रेलर

फिल्मीखबर, काठमाडौं, 2016/03/07
दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको अभिनय समावेश अन्तिम भनिएको फिल्म 'ईन्द्रावती'को ट्रेलर सार्वजनिक गरिएको छ । चर्चित टेलिफिल्म 'ईन्द्रावती'बाट यो फिल्मको नाम सापटी लिईएको छ । फिल्ममा श्रीकृष्ण र पुरानी अभिनेत्री विपना थापा लिड रोलमा छन् । 
 
बर्षौं पहिले निर्माण भएको यो फिल्ममा चर्चित नाम श्रीकृष्ण र विपनाको जोडी जमेको भनिएको छ । ट्रेलर रिलिजसँगै निर्माण टिम प्रदर्शनको तयारीमा जुटेको छ । चैत्र १९ गतेबाट फिल्म दर्शकमाझ ल्याईने बताईएको छ । 
 
उपदिप फिल्मस् को व्यानरमा बनेको यो फिल्मलाई बद्री अधिकारीले निर्देशन गरेका छन् । फिल्मको कथा पनि अधिकारीको नै हो । फिल्ममा संगीत सम्भुजित बाँस्कोटाको छ । फिल्ममा श्रीकृष्ण र विपनासँगै रजनी राना, उपेन्द्र तिमल्सीना,जयन्नंद चंद ठाकुर,देशभक्त खनाल,विष्णु भक्त फुंयाल लगायतको अभिनय छ ।
 
Most Visited News (monthly)