राणाकालिन प्रधानमन्त्री जंगबहादुर राणाको जीवन भोगाईलाई समेटेर तयार पारिएको फिल्म 'जंगे' को ट्रेलर सार्वजनिक गरिएको छ । ऐतिहासिक कथाबस्तु बोलेको फिल्मको रिलिज मिति बैशाख १७ लाई यसअघि नै सार्वजनिक गरिएको छ ।
उत्कल थापाले निर्देशन गरेको फिल्ममा पटकथा तथा संवाद सुवास कोईराला र एमएस अग्रजले लेखेका हुन् । 'जंगे'मा सुरजसिंह ठकुरी, ऋचा शर्मा, अनुप बराल, दीपशिखा शाही, नरेश पौडेल, सुशांक मैनाली, प्रदिप ढकाल, सुशिलराज पाण्डे, जोएस पाण्डे, लगायतको अभिनय छ । फिल्ममा लगानी सिनेमाटोग्राफर सुशन प्रजापतिको छ ।

