Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फर्स्टलुक आउट : `पर्शुराम` बन्दा यस्ता देखिए बिराज

फिल्मीखबर, काठमाडौं, 2016/03/21
केहि दिन पहिले फ्लोरमा गएको फिल्म 'पर्शुराम'को फर्स्टलुक आउट भएको छ । फिल्मीखबरलाई प्राप्त तश्विरमा ५ बर्षपछि नेपाली फिल्म अभिनयमा फर्केका पुराना स्टार बिराज भट्टलाई घोडा चढिरहेको अबस्थामा देख्न सकिन्छ । केहि लामो केशमा 'हिरो' लुक्स बिराजको भेट्न सकिन्छ ।
 
 
निर्माता रोज राणाको डेब्यू निर्देशन रहेको यो फिल्मको अहिले कपिलबस्तुको चन्द्रौटामा छायाँकन भईरहेको छ । फिल्ममा बिराजसँगै निशा अधिकारी र रविन तामाङ लिड रोलमा हुनेछन् । 
 
महेश खड्काको संगीत समावेश यो फिल्मको गत हप्ता काठमाडौमा एक भव्य कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरिएको थियो । निर्देशक रोजले फिल्म एक्शन प्रधान तर मसलेदार बन्ने बताएका छन् ।
Most Visited News (monthly)