Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`झुम्की`मा यस्ता देखिए कबड्डीका काजी र मैयाँ !

फिल्मीखबर, काठमाडौं, 2016/03/21
रंगिन पर्व होलीको छेकोमा फिल्म 'झूम्की'को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा 'कबड्डी' गर्ल रिश्मा गुरुङ र  अभिनेता दयाहाङ राईलाई प्राथमिकता दिईएको छ । भने लिड कलाकार पुर्व मिस नेपाल मलिना जोशी पोस्टरमा अटेकी छैनन् ।
 
अपिल बिष्टको निर्माण निर्देशन रहेको फिल्म घोषणा कार्यक्रममा मलिनालाई बढि नै हाईलाईट गरिए पनि अपिलले पोस्टरमा उनलाई नराख्नु  रहस्य बनेको छ । मलिनाले अपिकै फिल्म 'ऋतु'बाट नेपाली रजतपटमा अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिईन् । 
 
अपिल बिष्ट फिल्म प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको यो फिल्ममा रविन्द्र सिंह बाँनिया, प्रमोद अग्रहरी, भोलाराज  सापकोटा, विजय बराल लगायतका कलाकारको समेत अभिनय समावेश छ । फिल्म अर्को बर्ष भदौ ९ मा रिलिज हुने बताईएको छ ।

 

Most Visited News (monthly)