Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बज्न नपाउँदै लफडामा 'गाँजाबाजा'

फिल्मीखबर, काठमाडौं, 2016/03/20
निर्माण ईजाजत बिना नै छायाँकन सकिएको फिल्म 'गाँजाबाजा' को नाम नै लफडामा परेको छ । ईजाजत माग्दै चलचित्र विकास वोर्ड जाँदा वोर्डले नाम नै पारित नगरेपछि निर्माण टिम तनाबमा परेको छ ।  वोर्डले अझैं पनि नाम पारित नगरेको भन्दै अदालतमा उजुरीको तयारी गरिरहेको निर्देशक गणेशदेव पाण्डेले बताए । 
 
फिल्मीखबरसँगको टेलिफोन संवादमा निर्देशक पाण्डेले अनुमतिपत्र लिन बोलाएको समयमा वोर्डमा जाँदा कर्मचारीले माथिको आदेश भन्दै रोकेपछि अध्यक्ष राजकुमार राईसँग सल्लाहमा गएको र राईले पनि लागु औषधसँग जोडिएको नाम फिल्ममा राख्न नमिल्ने जवाफ फर्काएको बताए । 
 
'हाम्रो फिल्मले गाँजाको लतमा लाग्दा जीवन धरापमा परेका युवाको कथा बोल्छ, टाईटल जे भएपनि फिल्मले सामाजिक सन्देश परवाह गरेको छ,   मिडियामा गाँजा चुरोट जोडेर नाम आउन हुने हामीले नाम राख्न नपाउने किन ?' पाण्डे बोले । वोर्डलाई अन्तिम निर्णयको लागी पत्राचार गरेको भन्दै अन्तिम पटक पनि आफ्नो पक्षमा निर्णय नभए सर्वोच्चको ढोका ढकढक्याउने पाण्डेले बताएका छन् ।
 
उनका अनुसार १८ दिनमा फिल्मको सुटिङ सकिईसकेको छ । तर निर्माण ईजाजत नपाईकिन फिल्म छायाँकन गर्न नपाउने वोर्डको प्रावधान छ । यो विषयमा जिज्ञाशा गर्दा निर्देशक पाण्डेले यदि ईजाजत विना छायाँकन गर्दा कारबाहि हुन्छ भने आफु त्यो कारबाहि भोग्न तयार रहेको भन्दै 'गाँजाबाजा' नामको लागी वोर्ड विरुद्ध कानुनी प्रक्रिया थाल्ने बताए । 
 
यसैवीच यो विषयमा बुझ्दा विकास वोर्ड अध्यक्ष राईले सरकारबाट नै सार्वजनिक ठाउँमा धुम्रपान, मधपान निषेध गरेको तथा लागु औषधसँग जोडिएका हरेक कुरामा कडाई रहेको भन्दै 'गाँजाबाजा' नाम कुनै हालतमा पारित हुननसक्ने बताए ।
 
'हामीले टाईटल परिवर्तन गर्न भनेका छौं, राईले भने, 'सञ्चार मन्त्रालयको परिपत्र बमोजिम वोर्डले काम गर्ने हो, फिल्मको विषयवस्तु जे होस त्यो विषय भन्दा पनि सबैकुरा फिल्मको टाईटलसँग जोडिन्छ, त्यो गलत नहोस् भन्ने हाम्रो बुझाई हो ।'  उता सम्बन्धित फिल्म युनिट भने अबको दुई दिन पर्खिने र त्यो समयमा पनि निर्णयमा पुनर्विचार नभए सर्वोच्च जाने बताएको छ ।
Most Visited News (monthly)