Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोस्टमार्टमको कथामा 'भुईँमान्छे' लिड हिरोईनमा सिपोरा गुरुङ

फिल्मीखबर, काठमाडौं, 2016/05/06
दैनिक रुपमा लाशसँग खेल्ने पोष्टमार्टमको काममा लाग्ने व्याक्तिको कथालाई जोडेर फिल्म 'भुईँमान्छे' बन्ने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरियो । 
 
 
नवराज बुढाथोकीले निर्देशन गर्ने फिल्ममा मुख्य भुमिकाका रमेश बुढाथोकी र सिपोरा गुरुङ रहनेछन् । राष्ट्रिय स्तरकी भलिवल खेलाडी सिपोराको यो पहिलो ठुलो तथा 'मेन स्ट्रिम'को फिल्म हुनेछ । 
 
 
दैनिक रुपमा अस्पतालहरुमा लाशको पोष्ट मार्टममा खड्ने व्याक्तिको मनोविज्ञान र यो प्रकारको जीवनमा आईपर्ने आरोह आवरोहको यथार्थ कथालाई फिल्मले पस्किनेछ । जहाँ लिड भुमिकामा रहने भनिएकी सिपोराको भुमिका भने सस्पेन्स जस्तै छ । कार्यक्रममा बोल्दै सिपोराले आफु विश्वविधालयमा पढ्ने एक विधार्थीको भुमिकामा रहेको बताईन् ।
 
 
कार्यक्रममा निर्देशक बुढाथोकीले फिल्मले चिकित्सा क्षेत्रमा विद्धमान विकृतिहरुलाई समेत पर्दाफास गर्ने बोले । फिल्म 'भुईँ मान्छे'मा सम्राट सापकोटा, सानु ताम्राकार, प्रविण खतिवडा, तारा केसी, रोहिणी भट्टराई, सहिन प्रजापति, सहिन प्रजापति, आर्यन न्यौपाने, सौरभ ढकाल लगायतको पनि अभिनय रहनेछ । 
 
 
देवेन्द्र भट्टराईको संगीत रहने फिल्मलाई विदुर पाण्डेले खिच्नेछन् ।  अष्ट महर्जनको द्वन्द्व रहने फिल्मलाई सुनिल मानन्धरले वितरण गर्ने पक्का भईसकेको छ भने निर्मातामा हरि यादव र तिर्थ बोहरा छन् । फिल्मका कार्यकारी निर्माता भने रोहिणी भट्टराई हुन् ।  
Most Visited News (monthly)