मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

'किङ' छायाँकनको क्रममा निखिल अस्वस्थ

फिल्मीखबर, काठमाडौं, 2016/05/05
फिल्म 'किङ'को छायाँकनको लागी भैरहवामा रहेका अभिनेता निखिल उप्रेती अस्वस्थ बनेको खबर छ । भैरहवाबाट निर्माता जयन श्रेष्ठले दिएको  जानकारी अनुसार एक्शन दृश्य खिच्दैगर्दा निखिलले असहज अनुभुती गरेका थिए । 
 
निखिल अस्वस्थ बनेपनि फिल्मको सुटिङ पुर्णतः भने रोकिएको छैन् । थप अफ्ठ्यारो अवस्था आएमा सुटिङ रोकेर उपचारको लागी निखिल लाग्नेछन् ।
 
पाँच दिन लगाएर फिल्मको गीत छायाँकन गरिएपश्चात अहिले एक्शन दृश्यहरुको छायाँकन भईरहेको निर्माता जयनले बताए । 
 
फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरिरहेका छन् । जघन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा निखिलसँगै वेनिशा हमाल र अनुपबिक्रम शाही लिड रोलमा हुनेछन् ।
 
भैरहवामा ३० प्रतिशत दृश्य खिचिसकेपछि 'किङ' युनिट काठमाडौं फर्किनेछ । फिल्मलाई दशैंको छेकोमा असोज २१ बाट प्रदर्शनमा ल्याउने घोषणा निर्माण टिमले यसअघि नै गरिसकेको छ ।