'एक था टाईगर' र पछिल्लो ब्लकबस्टर फिल्म 'बजरंगी भाईजान'मा सँगसँगै काम गरेका सुपरस्टार सलमान खान र निर्देशक कविर खानबीच पुनः टिमअप भएको छ । टाईटल फाईनल नभईसकेको फिल्ममा यो जोडी पुन सँगै देखिने पक्का भएको हो ।
नयाँ प्रोजेक्ट जुलाईबाट नै प्लोरमा जाने समेत कविरले खुलाएका छन् । जुलाई मा नै सलमानको 'सुल्तान' रिलिज हुँदैगर्दा अहिले प्रचारमा लाग्ने समय रहेको र रिलिजपछिको फुर्सदिलो समयमा सलमान यो प्रोजेक्टको सुटिङमा जुट्नेछन् ।
फिल्ममा लगानी पनि सलमानको नै रहने कबिरले बताएका छन् । बलिउडमा कविर र सलमानलाइ सफल जोडीको रुपमा लिईन्छ । फिल्ममा लिड अभिनेत्रीमा भने दिपिका पादुकोण रहने चर्चा छ ।
साहरुखको हिरोईनको ट्याग पाउने दिपिका हुँदै गर्दा सलमानसँग उनको पहिलो फिल्म हुनेछ ।