Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सलमान क्याम्पमा दिपिका, बजरंगी निर्देशकसँग टिमअप

एजेन्सी, मुम्बई, 2016/05/05
'एक था टाईगर' र पछिल्लो ब्लकबस्टर फिल्म 'बजरंगी भाईजान'मा सँगसँगै काम गरेका सुपरस्टार सलमान खान र निर्देशक कविर खानबीच पुनः टिमअप भएको छ । टाईटल फाईनल नभईसकेको फिल्ममा यो जोडी पुन सँगै देखिने पक्का भएको हो । 
 
नयाँ प्रोजेक्ट जुलाईबाट नै प्लोरमा जाने समेत कविरले खुलाएका छन् । जुलाई मा नै सलमानको 'सुल्तान' रिलिज हुँदैगर्दा अहिले प्रचारमा लाग्ने समय रहेको र रिलिजपछिको फुर्सदिलो समयमा सलमान यो प्रोजेक्टको सुटिङमा जुट्नेछन् । 
 
फिल्ममा लगानी पनि सलमानको नै रहने कबिरले बताएका छन् । बलिउडमा कविर र सलमानलाइ सफल जोडीको रुपमा लिईन्छ । फिल्ममा लिड अभिनेत्रीमा भने दिपिका पादुकोण रहने चर्चा छ ।
 
साहरुखको हिरोईनको ट्याग पाउने दिपिका हुँदै गर्दा सलमानसँग उनको पहिलो फिल्म हुनेछ । 
Most Visited News (monthly)