Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नेपालमा पहिलो पटक खिचिएको कोरियन फिल्म युनिट काठमाडौंमा

फिल्मीखबर, काठमाडौं, 2016/05/06
'नेपालमा गत बर्ष आएको भूकम्पको पीडा जस्तै दक्षिण कोरियामा राजनीतिक पीडाबाट त्यहाँका जनता ग्रसित छन्: नेपालमा करिब ७० प्रतिशत दृश्य छायाँकन गरेर फिल्म तयार गरेका कोरियन निर्देशक किम चुलहाङको भनाई हो यो । 
 
 
काठमाडौंमा भेटिएका किमले मिडयाकर्मीमाझ गत बर्ष भूकम्प गएकै समयमा खिचेको फिल्म 'एभरग्रिन २०१४' को बारेमा आफ्ना कुरा खुलाए । उनका अनुसार फिल्मले लामो समयदेखि राजनीतिक पीडाबाट ग्रसित कोरियन नागरिकहरुले पीडाका बीच गुजारिरहेको जीवन संघर्षको कथा बोलेको छ । 
 
 
कोरियन फिल्म नेपालमा खिच्ने वातावरण कसरी बन्यो भन्ने प्रश्नमा उनले कोरिया र नेपालको भौगोलिक बनावट मिलेको र पछिल्लो समयमा विश्वभरी कोरियनहरु छरिँदै गर्दा उनिहरुको पहिलो प्राथमिकता नेपाल बनेको र त्यहाँको राजनीतिक पीडाबाट गुज्रिरहेका अधिकांश नागरिक नेपालमै रहेको भन्दै आफ्नो फिल्म नेपाल छायाँकनको लागी सहज बनेको बताए । 
 
'२०१२ देखी २०१५ सम्मको कोरियन राजनीतिकको उतारचढावको अनि त्यसबाट जनताले भोगेको जीवनशैलीको यथार्थता नै फिल्मको मुख्य विषयबस्तु बोलेका किमले जनताको चाहना विपरित तानाशाही रुपमा जापानको आडमा निर्वाचित त्यहाँको राष्ट्रपतिको विरुद्धमा आवाज फिल्मले बोलेको बताए । 'देशका युवाहरुलाई सुन्दर सपना दिन नसक्ने सरकार र त्यो सरकारको विरुद्धमा आफ्नो भविष्य खोज्न जनताले गर्दै आएको संघर्षको बाटो पनि फिल्मले समाएको छ उनले सुनाए । 
 
जनतको अधिकारमाथी सरकाबाट भएको दमन र आफ्नो हक अधिकार खोज्न उनिहरुले गर्ने संघर्ष मेरो फिल्मले जोडेको छ, राजनीतिक थ्रिलर फिल्मले कोरियामा तथा फ्रान्समा गरिएको विशेष प्रदर्शनीबाट उत्कृष्ट समिक्षा भेटेको छ, त्यसैमा सन्तुष्टी जोडिएको छ, निर्देशक किमले भने । 
 
निर्देशक र निर्मातासँगै नेपालमा रहेकी अभिनेत्री किम नाराले नेपाली वातावरण निकै मन परेको बताईन् । पुरानादेखि नयाँ सम्मका धेरै नेपाली फिल्म हेरेको भन्दै नेपाली साडीमा सजिएकी अभिनेत्रीले नेपाली गीत गाउँदै नेपालप्रतिको थप सद्भाव र माया दर्शाइन् ।
 
कोरियन ओपेरा गायिका समेत रहेकी अभिनेत्री किम नाराले आफ्नो नेपाल सुटिङको अनुभव सुनाउँदै सामाजिक हिंसा सहन नसकेर उन्मुक्ती खोज्न हिँडेकी एक युवतीको भुमिका आफुले निभाएको सुनाईन् । 
 
त्यस्तै नेपालीसँगै वैवाहिक सम्वन्ध गाँसेकी निर्मात्री सोहिमकिम कार्कीले नेपाल छायाँकनको क्रममा यहाँका प्राविधिक तथा नागरिकबाट निकै सहयोग भेटेको बताईन् । उनका अनुसार यो फिल्म कोरियापछि नेपालको काठमाडौंको गोकर्ण, दक्षिण पर्वतको देउपुर, दोलखाको चरिकोट, र कास्कीको घाहाचोक र माछापुच्छ्रे बेसक्याममा खिचिएको छ । 
 
उनले फिल्मको काठमाडौंमा केहि दिनपछि नै 'स्पेशल शो' गर्ने तयारी भईरहेको बताईन् । उक्त शो मा अभिनेत्री, निर्देशक तथा निर्माण टिमका काठमाडौंमा उपलब्ध सदस्यहरु सहभागी हुनेछन् । त्यसपश्चात फिल्म क्रियू कोरिया फर्किनेछ । 
 
नेपालमा फिल्म 'एभरग्रिन २०१४' को प्रोडक्शनसँगै छायाँकनको सम्पुर्ण चाँजोपाँजोमा नेपाली प्राविधिकहरु संलग्न थिए ।
Most Visited News (monthly)