अभिनेत्री तथा भलिबल खेलाडी सिपोरा गुरूङलाई फिल्ममा लिन चाहनुहुन्छ भने पैसाको बिटो चाँहीं मोटो नै बोकेर आउनुहोला । आफ्नो तेस्रो फिल्म 'भुईंमान्छे'को घोषणा कार्यक्रममा फिल्मीखबरसँग उनले थोरै पैसामा फिल्म नगर्ने बताएकी छिन् ।
एउटा फिल्मको लागि १० लाख रूपैंयासम्म माग्नुहुन्छ रे नि भन्ने फिल्मीखबरको प्रश्नमा सिपोराले कम्रमाइज गरेर फिल्म नगर्ने भन्दै काम अनुसारको पारिश्रमिक लिने बताएकी हुन् ।
यस्तै उनले काठमाण्डौबाट मात्र बन्ने फिल्मलाई नेपाली फिल्म भन्ने र राजधानी बाहिर बन्ने फिल्मलाई नेपाली फिल्म किन नभन्ने भन्दै प्रश्न गरेकी छिन् । उनले यसअघि पोखराबाट बनेका फिल्ममा अभिनय गरेकी थिईन् ।
भलिवलमा ख्याती कमाएकी सिपोराले आफ्नो फिल्म कारीयर र भावी योजनाका बारेमा के-के भनिन् त ? उनलाई कस्ता फिल्ममा काम गर्न मन छ ? प्रस्तुत भिडियो हेर्नुस् र सिपोराका रोचक कुरा थाहापाउनुस् ।

