Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

निखिलको एकपछि अर्को फिल्म, जेठ दोश्रो हप्ताबाट 'निर्भय' फ्लोरमा

फिल्मीखबर, काठमाडौं, 2016/05/09
अभिनेता निखिल उप्रेती केहि बर्षको अन्तरालपछि गत बर्ष 'भैरव'बाट कमब्याक गरे । कमब्याक तारिफ योग्य भयो । त्यसपछि अहिले लगातार व्यस्त छन् । हातमा फिल्म थामिनसक्नु भएपनि आफुले रोजेका केहि फिल्म गर्दा नै यो बर्ष उनका कम्तिमा चार फिल्म रिलिज हुँदैछन् । 
 
केहि महिना पहिले 'संरक्षण' सुटिङ सकाएका निखिल अहिले 'किङ'को सुटिङमा लुम्बिनीमा व्यस्त छन । 'किङ'को लागी उनले एक महिनाको समय छुट्याएको जानकारीमा छ । त्यसपश्चात नै उनले जेठको दोश्रो हप्ताबाट नयाँ प्रोजेक्ट 'निर्भय' लिएर मैदानमा पुग्नेछन् । 
 
मधुसुदन भट्टराईले निर्देशन गर्ने यो फिल्ममा निखिलसँगै नीता ढुङ्गाना लिड रोलमा हुनेछिन् । फिल्ममा चितवन, काठमाडौं, नवलपरासी, लुम्बिनी लगायतका दृश्यहरु समावेश हुने निर्देशक भट्टराईले बताए । 
 
प्रसिद्धी सिने आर्ट्स को पहिलो प्रस्तुतीमा बन्ने फिल्म 'निर्भय'मा लगानी देविप्रसाद पाण्डेको रहनेछ । संगीत ताराप्रकाश लिम्बु र अर्जुन पोखरेलको रहने फिल्मका गीत रेकर्ड भईसकेका छन् ।
 
फिल्ममा हिमाल केसीको द्वन्द्व र नृत्य राम्जि लामिछानेको रहनेछ भने क्यामेराको जिम्मा रामशरण उप्रेतीको कोल्टामा छ ।
Most Visited News (monthly)