अभिनेता जीवन लुईंटेल एक समय चलेका अभिनेतामा गनिन्थे । तर अहिले अवस्था त्यस्तो छैन् । उनले अभिनय गरेका फिल्महरु एकपछि अर्को गर्दै फ्लपको सुचीमा छन् । पछिल्लो रिलिज 'बाजिगर'ले त पानी पनि भन्न पाएन् ।
यो क्रम चल्दैगर्दा जीवनलाई फिल्म गर्न भने भ्याई नभ्याई छ । अहिले उनि फिल्म 'राधा'को सुटिङको लागी पुर्वी नेपालमा छन् ।
यो फिल्मलाई जीवनलाई दुई पटकसम्म सफल फिल्म दिएका निर्देशक योगेश घिमिरेले निर्देशन गर्दैछन् ।
त्यसैले पनि अभिनेत्री सञ्चिता लुईंटेलसँग जोडी बाँधेका जीवनको फ्लप ट्यागमा यो फिल्मले राहत दिने आशा गरिएको छ ।
सञ्चिता र जीवनको जोडीलाई पर्खिने दर्शक पनि धेरै रहेको निर्देशक दाबी गर्छन् । सञ्चितालाई राधा बनाउँदा जीवनको करियरले अर्को उचाई लिन्छ कि ? यो त पक्का समयले बताउँनेछ ।
फिल्ममा कविराज गहतराजको नृत्य रहनेछ । ईलाम, झापा लगायतका ठाउँमा फिल्मको छायाँकन हुनेछ ।

