Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.00/5.00)
Text size:-
+
-

'गाँजाबाजा' दर्ता नदिएपछि विकास वोर्ड विरुद्ध सर्वोच्चमा रिट

फिल्मीखबर, काठमाडौं, 2016/05/09
बारबार गरेको लिखित र मौखिक निवेदनलाई बेवास्ता गर्दै चलचित्र विकास वोर्डले 'गाँजाबाजा' नाममा फिल्म दर्ताको लागी अश्विकार गरेको भन्दै निर्देशक गणेशदेव पाण्डेले बोर्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 
 
निर्देशक पाण्डेले ‘गाँजा बाजा’शिर्षकलाई विकास वोर्डले दर्ता अस्विकार गरेपछि सोहि नाममै फिल्म बनाइँपाउ भनी सर्वोच्चमा रिट हालेका हुन् । तर उनको फिल्म भने सम्पुर्ण छायाँकन भईसकेको छ । 
 
प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयबाट समेत ‘गाँजा बाजा’ शिर्षकमा रचनाको दर्ता प्रमाणपत्र समेत पाइसकेको भन्दै विकास वोर्डले कानुन विपरित फिल्म दर्ता अस्विकार गरेकोले त्यसको विरुद्धमा अदालत पुगेको दाबी पाण्डेको छ । 
 
आफुले सामाजिक रुपमा अपराध गर्न नखोजेको र गलत नियतले फिल्म बनाउन नलागेको तर वोर्डको कदम गैर कानुनी भन्दै न्यायको लागी सर्वोच्च पुगेको निर्देशक पाण्डेले फिल्मीखबरलाई बताए । यो विषयमा सर्वोच्चमा मंगलबार दिउँसो एक पक्षित बहस हुनेछ । 
 
फिल्म 'गाँजाबाजा' को तर्फबाट वकिल स्वागत नेपालले वकालत गर्नेछन् भने त्यसपछि सर्वोच्चले मुद्धा र बयानको प्रकृति र हेरेर विकास वोर्डलाई स्टे अर्डर दिनसक्नेछ । पाण्डेले हालेको मुद्धामा वोर्डलाई विपक्षी र वोर्ड अध्यक्ष राजकुमार राईलाई प्रतिवादी बताईएको छ ।
Most Visited News (monthly)