पछिल्लो समय पाश्र्व गायनमा जम्दै गएका गायक युवराज चौलागाईं पाश्र्व गायन तर्फ उत्कृष्ट गायकको अवार्डबाट सम्मानित भएका छन् । हेटौडा एफएम को १० औँ वार्षिक उत्सवको अवसरमा आयोजित म्युजिक अवार्डमा गायक युवराजले उत्कृष्ट गायकको अवार्ड जित्न सफल भए ।

उनले ‘क्लासिक’ चलचित्रमा समावेश 'हारें हारें' बोलको गीतबाट अवार्ड जितेका हुन् । पछिल्लो समय राम्रै चर्चामा रही धेरैको मन जित्न सफल यो गीतका कारण पनि उनको लोकप्रियता बढ्दो छ । युवराजलाई पुर्व प्रधानमन्त्री झलनाथ खनालले अवार्ड थमाएका थिए ।
पछिल्लो समय फिल्म तथा स्टेज गायनमा व्यस्त युवराज फिल्म 'नोभेम्वर रेन' बाट चर्चामा आएका थिए । यसअघिका अवार्ड समारोहमा पनि 'नोभेम्वर रेन'बाट उनले पाश्र्व गायन विधामा आधा दर्जन जति अवार्ड जितेका थिए ।

