साउन २१ मा रिलिज हुने फिल्म 'एक पल'को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रोमान्स, प्रेम र पीडाबोध गराउने दृश्य समावेश छन् ।
हट अभिनेत्रीको उपमा पाएकी जेनिशा केसी यो पटक सरल स्वभावको पात्रमा प्रस्तुत छिन्, ट्रेलरले यस्तै संकेत गर्छ । तर ट्रेलर सार्वजनिक कार्यक्रममा भने जेनिशा हट अबतारमै प्रस्तुत भईन, धेरैको नजर तानिन् ।
जेनिशासँगै राम महर्जन र आकास शाह लिड रोलमा रहेको फिल्मलाई राज शाक्यले निर्देशन गरेका हुन् । कृष्ण श्रेष्ठले खिचेको फिल्ममा लगानी आरएल महर्जनको छ ।

