Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आँखा, मुटु र किड्नीसँगै शरिर पनि दान गर्ने गौरी मल्लको सोच

फिल्मीखबर, काठमाण्डौ, 2016/06/21
नेपाली फिल्म क्षेत्रमा अत्यन्तै अग्रसर तथा जुनसुकै भूमिकालाई पनि सहजै ढाल्न सक्ने बहु आयामिक प्रतिभाकी धनी अभिनेत्री गौरि मल्लले आफ्नो आँखा, मुटु र मिर्गौला दान गर्ने सोच रहेको बताएकी छिन्।
 
 
१६ बर्षको उमेरमा आएर चिकित्सकको लापरबाहिका कारण ज्योति गुमाएकी भक्तपुरकी श्रृष्टि केसीका सामु बोल्दै गौरीले भनिन्, 'मेरो पहिलेदेखि कै सोच थियो आँखा, मुटु र किड्नी दान गर्ने । मिलेसम्म म शरिर पनि दान गर्न चाहन्छु ।' 
 
श्रृष्टिको जीवनीमा आधारित रहेर बन्न लागेको बायोपिक फिल्म 'ब्लाइन्ड रक्स'को घोषणा कार्यक्रममा गौरीले सबै दृष्टिबिहिन श्रृष्टि केसी जस्ता प्रतिभाशाली, क्षमतावान नहुन सक्छन् भन्दै मनिसले दान गरेका दुई आँखाबाट दुई जनाले संसार देख्न पाउने बताउँदै सबैलाई आँखा दान गर्न समेत सुझाईन् । 
 
मिलन चाम्सको निर्देशनमा बन्न लागेको 'ब्लाइन्ड रक्स' मा अर्पण थापा, बेनिसा हमाल, नाजिर हुसेनसँगै गौरीले पनि मुख्य भूमिका निर्वाह गर्दैछिन् । 
 
Most Visited News (monthly)