मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानले आफूलाई बलात्‍कृत महिलासँग तुलना गरेपछि

एजेन्सी, मुम्बई, 2016/06/22
पहलवानमा आधारित फिल्म 'सुल्तान'को कडा प्रशिक्षण लिएका अभिनेताले पत्रकार सम्मेलनमा सुल्तानको थकित खालको सुटिङ्ग गरेपछि बलात्‍कृत महिलाको जस्तो अनुभव भएको प्रतिकृया दिएपछि अहिले समाजिक संजालमा उनको कडा आलोचना भइरहेको छ।
 
सलमानले आफूले 'सुल्तान'का लागि निकै मेहनत गरेको भन्दै सुटिङका बेला बलात्‍कृत महिलाले जस्तो पिडा पाएको र बेला बेला सुटिङका बेला लडेको पनि बताए ।  
 
निर्देशक अनुराग कश्यपले बलात्कार पीडित महिलासँग तुलना गरेको कारणले अभिनेता सलमान खानको आलोचना गरेका छन् । उनले भनेका छन्-'यस्तो टिप्पणी गर्नु उनको सोच र मुर्खता पन हो।' 
 
सलमानले मानसिक सन्तुलन गुमाएको भन्ने कडा जवाफ आएपछि अन्तत: आफुले गलत बोलेको उनले कुरा स्विकार गरेका छन् ।