अर्जुन कुमार फिल्मस् को ब्यानरमा तयार फिल्म 'चपली हाईट २' को अडियो जुकबक्स युट्युवमा सार्वजनिक गरिएको छ । सोमबार मात्रै टिजर सार्वजनिक गरेको फिल्ममा समावेश सबैगीतको अडियो युट्युव मार्फत मंगलबार सार्वजनिक गरियो ।
२ गीत मात्रै समावेश फिल्मका गीतहरुमा संगीत निर्माता समेत रहेका अर्जुनकुमार को छ भने स्वर धर्मेन्द्र सेवान र सन्तोष लामाको छ भने शब्द सुरेश राईले लेखेका छन् ।
भदौ ३ लाई प्रदर्शन मिति तय गरेको फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । हिट फिल्म 'चपली हाईट'को सिक्वेलमा अभिनय भने आयुष्मान देशराज श्रेष्ठ, मरिष्का पोखरेल र परमिता राना लिड अभिनयमा छन् ।
कविराज गहतराजको नृत्य समावेश फिल्ममा द्वन्द्व सुर्य थोकरको छ ।
सुन्नुहोस गीतः

