Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'चपलि हाईट २' ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/06/30
बर्ष २०७३ को प्रतिच्छित मध्येको एक फिल्म 'चपलि हाईट २' को अफिसियल ट्रेलर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले मिडियाकर्मी तथा फिल्मकर्मीमाझ ट्रेलर रिलिज गर्यो ।
 
दिपेन्द्र के खनाल निर्देशित फिल्मलाई अर्जुनकुमारले निर्माण गरेका हुन् । फिल्ममा आयुष्मान देशराज, मरिष्का श्रेष्ठ, परमिता राना लिड रोलमा छन् । कार्यक्रममा बोल्दै निर्देशक खनालले कुरा भन्दा पनि आफु काममा विश्वास गर्ने मान्छे भन्दै सबै कुरा ट्रेलरले बोलेको दाबी गरे ।
 
त्यस्तै अभिनेता आयुष्मानले पहिलो प्रयास स्वरुप फिल्ममा जतिसक्दो राम्रो काम गरेको बोले । त्यस्तै अभिनेत्री मरिष्काले पनि 'चपली हाईट २' टिमसँग काम गर्दा निकै रमाईलो भएको भन्दै ट्रेलर हेरिसकेपछि प्रतिक्रियाको माग गरिन् ।
 
यसअघि नै फिल्मको रिलिज मिति भदौ ३ लाई तय गरिसकिएको छ । फिल्मको केहि दिन पहिले टिजर सार्वजनिक गरिएको थियो ।
 
ट्रेलर:
 
Most Visited News (monthly)