मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

राष्ट्रिय चलचित्र पुरस्कारः दयाहाङ र नम्रता उत्कृष्ट (बिजेताको सुची सहित)

बैकुण्ठराज पराजुली, काठमाडौं, 2016/06/30
चलचित्र विकास वोर्डले स्थापना दिवसको अबसरमा राष्ट्रपति भवनमा कार्यक्रम गरि वितरण गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार २०७२ मा पुरस्कृत हुने फिल्म तथा फिल्मकर्मीहरुको नाम सार्वजनिक गरिएको छ ।
 

चलचित्र विकास वोर्डमा आयोजित स्थापना दिवस विशेष कार्यक्रममा विकास वोर्ड अध्यक्षराजकुमार राईले जुरीले छनोट गरेका ७ विधामा विजेताहरु तथा एक आदिवासी फिल्म र जुरीको तर्फबाट प्रदान गरिने विशेष पुरस्कार विजेताको नाम सार्वजनिक गरियो । 
 
पछिल्लो बर्ष २०७२ मा प्रदर्शित फिल्मबाट उत्कृष्ट फिल्ममा 'पशुपतिप्रसाद' परेको छ भने पशुपतिप्रसादबाट नै लेखनमा खगेन्द्र लामिछाने उत्कृष्ट बने । त्यस्तै सोहि फिल्मबाट उत्कृष्ट निर्देशकको पुरस्कार पनि दिपेन्द्र के खनालको पोल्टामा परेको छ । 
 
त्यस्तै उत्कृष्ट अभिनेतामा कबड्डी कबड्डी फिल्मबाट दयाहाङ राई परेका छन् भने अभिनेत्रीतर्फ क्लासिक फिल्मबाट नम्रता श्रेष्ठ उत्कृष्ट कहलिँदा छायाँकनमा 'ड्रिम्स'बाट सञ्जय लामा र पुरुषोत्तम प्रधानले पुरस्कार आफ्नो पक्षमा पारेका छन् । सम्पादन तर्फ 'क्लासिक' फिल्मबाट सुरेन्द्र पौडेल उत्कृष्ट कहलिएका छन् ।
 
 
आदिवासी जनजाती फिल्म तर्फ गुरुङ भाषाको फिल्म 'यम्फु देवराली' उत्कृष्ट बनेको छ भने जुरीले प्रदान गर्ने अधिकार पाएको विशेष पुरस्कारको हकदार नव निर्देशकमा भुवन केसी बनेका छन् ।
 
यसैबीच लाईफटाईम एचिभमेन्ट पुरस्कार नेपालकी पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई प्रदान गरिने भएको छ । भुषाललाई जनही ३ लाख ५१ हजार र सम्मान पत्रले सम्मानित गरिने भएको हो । 
 
बिहिबार साँझ ५ बजे राष्ट्रपति भवनमा आयोजना हुने विशेष कार्यक्रमका बीच उत्कृष्ट सबै बिधामा फिल्मकर्मीलाई राष्ट्रपति विधादेवी भण्डारीको हातबाट पुरस्कार प्रदान गरिनेछ । रमेश बुढाथोकी संयोजकत्वको लय संग्रौला, सरिता लामिछाने, मोहन निरौला, सुशिल पौडेल र करुण थापा सहितको निर्णायक टिमले बर्ष २०७२ मा प्रदर्शनमा आएका फिल्म मध्वेबाट उत्कृष्ट फिल्मको छनोट गरेको हो ।
 
तश्विरमा बर्ष २०७१ को उत्कृष्ट अभिनेताको पुरस्कार सहित  अभिनेता दयाहाङ राई