मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जन्मदिनमा किरण केसीलाई कुखुरा उपहार

फिल्मीखबर, काठमाण्डौ, 2016/06/29
हास्यव्यङ्ग्य कलाकार किरण केसीले आज आफ्नो जन्मदिन मनाए । जन्मदिनको दिनमा किरण केसीले "सुनसानका लागी हास्यव्यङ्ग" नामक एक कार्यक्रमको आयोजना समेत गरेका छन्। 
 
हरेक वर्ष किरण केसी आफ्नो जन्मदिनको दिन हास्यव्यङ्ग क्षेत्रमा र पत्रकारिताका क्षेत्रमा अग्रसर १-१ ब्यक्तिहरुलाई सम्मानित गर्दै आएका थिए । यसरी नै यो वर्ष पनि उनले हास्यव्यङ्ग क्षेत्रबाट बसुन्धरा भुसाल र पत्रकारिताबाट समाचारवचिका तथा गायिका कोमल वोलीलाई सम्मान गरेका छन्।
 
त्यसैगरी किरण केसीको जन्मदिनमा हाँस्य कलाकार तथा अभिनेत्री दिपाश्रीले हरेक वर्ष फरक फरक शैलिका उपाहार दिने क्रममा यो वर्ष काटिएको तर नटुक्राइयको कुखुरा अथवा चिकेन उपाहार दिएकी छिन्। यो उपहारले कार्यक्रमम्मा हांसोसँगै रौनकता ल्याएको थियो । 
 
त्यस्तै गरी किरण केसीले जन्मदिनकै दिन विभिन्न संघ संस्थाहरु र व्यक्तिहरुबाट प्राप्त सहयोग स्वरुप उपलब्ध भएको रकम सिताराम कट्टेल "धुर्मुस" र कुञ्जना घिमिरे"सुन्तली" लाई हस्तान्तरण गरेका छन्।
 
कार्यक्रममा हास्यकलाकारहरु मदनक्र्ष्ण श्रेष्ठ, शिवहरी पौडेल, दिपकराज गिरी, मनोज गजुरेल, वसुन्धरा भुषाल, जितु नेपाल, सिताराम कट्टेल "धुर्मुस", कुञ्जना घिमिरे "सुन्तली", संगीतकार शम्भुजित वास्कोटा र चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राई उपस्थित थिए ।