मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गौरीलाई उल्टै चोरीको आरोप

फिल्मीखबर, काठमाडौं, 2016/06/30

गौरी मल्लले शारीरिक तथा मानसिक शोषणको आरोप लगाएका जापानमा बस्ने अनोज शाक्यले गौरी मल्ललाई उल्टै चोरीको आरोप लगाएका छन् । अनलाइनखबरमा बिहीबार गौरी मल्लले शाक्यले आफूमाथि शारीरिक तथा मानसिक यौन शोषण गरेको भन्दै जापानस्थित नेपाली दूतावासमा उजुरी दिएको खबर छापेको थियो । त्यसको प्रतिक्रियामा अनोज शाक्यले उल्टै गौरी मल्ललाई नक्कली बिहे गरेको तथा क्यामरा चोरेको समेत आरोप लगाएका छन् ।


‘पैसा पनि लिने, क्यामरा पनि चोरेर लाने, जापानी नक्कली बिहे गर्ने इज्जत नभएको कलाकार हो गौरी मल्ल । मैंले तिमीसँग दुई पटक हग बाहेक केही गरेछ ?मैंले माफी माग्ने होइन, नक्कली बिहेको अभियोगमा जेल हाल्न भन्छु,’ अनोजले ७ घन्टा अघि फेसबुकमा पोस्ट लेखेका छन् । गौरी मल्लले परिवारका कारण नाम खुलाउन नचाहेको बताएपनि  अनोज शाक्यले फेसबुकमा स्टयाटस लेख्दै आफू नै त्यो व्यक्ति भएको खुलाइदिएका छन् ।



जापानमा बस्ने एक नेपालीले आफूलाई दुर्व्यवहार गरेको भन्दै अभिनेत्री गौरी मल्लले टोकियोस्थित नेपाली राजदूतावासमा उजुरी दिएकी थिइन्  । मल्लले जेठ १८ गते उजुरी दर्ता गराएकी हुन् जुन अहिले संचार माध्यमहरुमा भाइरल बनिरहेको छ । उजुरी दर्ता गराएकी गौरीले ति व्यक्तिले ताकेता गरेर जापान बोलाएको र शारीरिक तथा मानसिक दुर्व्यवहार एवं यौन हिंसा गरेको उजुरीमा उल्लेख छ ।

 

 

ललितपुरको भैंसेपाटी घर भई जापानको साइतामा केनमा बस्ने शाक्य थरका एक नेपालीले आफूले हिंसाको शिकार बनाएको कुरा गौरी मल्लले बताएकी छिन् । कलाक्षेत्रमा आफ्नो पहुँच भएको भनेर ती व्यक्तिले गौरीलाई जापानको कला क्षेत्रमा काम दिलाउने प्रलोभन देखाएर जापान बोलाएका थिए र गत मार्चमा जापान गएकी गौरी करिब एक महिना बिताएर नेपाल फर्किइसकेकी छिन् । त्यहाँ पुगेपछि ती व्यक्तिबाट शारीरिक तथा मानसिक दुव्र्यवहार एवं यौन हिंसाको शिकार हुनु परेको गौरीको आरोप थियो ।