मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'सुल्तान' विजनेस ३ सय करोड नजिक

एजेन्सी, मुम्बई, 2016/08/04
वलिउड वक्सअफिस किङ सलमान खानको पछिल्लो रिलिज फिल्म सुल्तानले प्रदर्शनको २९ औं दिनमा आउँदा पनि आफ्नो विजनेसलाई निरन्तरता दिईरहेको छ । हालसम्मको विजनेसले 'सुल्तान' ३ सय करोड विजनेस गर्ने सलमाको दोश्रो फिल्म बन्ने संभावना बढेर गएको छ । 
 
फिल्मले २९ औं दिनमा ३४ लाखको विजनेस गर्दा हालसम्मको विजनेस २ सय ९७ करोड ९० लाख पुगेको छ । ३ सय करोड पुग्नमा अब २ करोड १० लाखको विजनेस बाँकी हुँदा आउँदो आईतबार भारतमा पर्ने सार्वजनिक विदाको दिनको विजनेसले लाई मुख्य हतियार मानिएको छ । 
 
गत शुक्रबार 'ढिसुम' रिलिजपछि केहि गिराउट आएको सुल्तान विजनेसमा २९ औं दिनमा ३४ लाख आउनुलाइ पनि उत्कृष्ट भनिएको छ । अलिअब्बर जफार निर्देशित फिल्मले स्पोर्ट्स ड्रामा बोल्छ । फिल्ममा सलमान र अनुष्का शर्मा लिड रोलमा छन् ।