मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`नाईं नभन्नु ल ४` डेब्यू अभिनेत्री आँचल भन्छिन्, `८ बर्षपछि मात्रै बिहे` (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/08/04
'नाई नभन्नु ल ४' डेब्यू अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माबीचको प्रेम प्रसंग मिडियामा लामो समयदेखी गसिपको मसला बनिरहेको छ । तर उनिहरु भने एकले अर्कालाई सार्वजनिक रुपमा प्रेमी प्रेमिकाको रुपमा स्विकारेका छैनन् । 
 
 
 
यो बीचमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यी दुई कलाकार नै रहने गरि नयाँ फिल्मको घोषणा भयो । अनि गाईगुईं चल्यो, दोश्रो प्रोजेक्ट 'जोनी जेन्टलमेन' मा पनि पलले नै आँचललाई सिफारिस गरे भनेर । 
 
 
त्यसो त 'नाई नभन्नु ल' को चौथो सिरिजमा पनि पलले नै आँचललाई हिरोईनमा सिफारिस गरेको चर्चा चलेको थियो । यो बीचमा फिल्मीखबरसँगको कुराकानीमा पनि दुबै जनाले एकले अर्कोलाई प्रेमी प्रेमिका स्विकार गरेनन् । आँचललाई सत प्रतिशत गुणी अनि निर्दोष बोलेका पलले उनको कुनै पनि नराम्रो बानी नरहेको दाबी गरे।
 
उनले आँचलको तारिफ मात्र गरे तर प्रेम स्विकार गरेनन् । त्यस्तै आँचलले पनि पललाई राम्रो मान्छे बोलिन् । पलसँग प्रेममा नरहेको तर कोहि न कोहिसँग रहेको बोलेकी आँचलले भर्खरै करियर स्थापित गर्ने लाईनमा रहेको भन्दै बिहेको बारेमा सोधिएको प्रश्नमा अबको आठ दश बर्षपछि मात्र त्यसबारेमा सोच्ने बताईन् ।