मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक समाजको नयाँ कार्यसमितिलाई सांस्कृतिक संघबाट सम्मान

फिल्मीखबर, काठमाडौं, 2016/08/05
नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले केहि दिन पहिले निर्वाचित नेपाल चलचित्र निर्देशक समाजको नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।
 
 
संघको केन्द्रिय कार्यालय अनामनगरमा आयोजित एक कार्यक्रमका बीच समाजका नव निर्वाचित सम्पुर्ण पदाधिकारीलाई माला तथा अबिरबाट सम्मान गरियो । संघका अध्यक्ष तिर्थ थापाले अबिर लगाउँदा केन्द्रिय सदस्य रोशनी केसी र राधा पौडेलले माला लगाएका थिए । 
 
 
यस्तै संघको तर्फबाट नव निर्वाचित अध्यक्ष सुचित्रा श्रेष्ठलाई बधाई पत्र पनि प्रदान गरियो । सम्मानित भएसँगै संघप्रति आभार प्रकट सहितको मन्तव्य दिँदै समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठले कुनै राजनीतिक दलगत स्वार्थबाट माथी उठेर पेशागत र व्यवसायिक मर्यादामा रहेर संस्थालाई अघि बढाउने प्रतिवद्धता जनाईन् । 
 
यस्तै सांस्कृतिक संघ सभापति तिर्थबहादुर थापाले फिल्म क्षेत्रलाई नेपाली समाजले उपेक्षा गर्ने गरेको भन्दै निर्देशकहरुको नयाँ कार्यसमिति समाज परिवर्तनको संवाहक बन्न सकोस् भन्ने कामना गरे । उनले आवश्यक परेको वेला जस्तोसुकै सहयोगको लागी पनि संघ तयार रहेको बोले ।