मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हट बन्दा नचलेकी जेनिशालाई सोझो भुमिकाले देला राहत ?

फिल्मीखबर, काठमाडौं, 2016/08/04
जेनिशा केसी, यी अभिनेत्रीलाई चिन्नेले हट हिरोईनको उपमा दिन्छन् । रिलिज भएका प्रायः फिल्ममा हट दृश्य दिन माहिर जेनिशा यो पटक भने सोझो भुमिकामाझ दर्शकमाझ आउँदैछिन् । फिल्म हो 'एक पल' । 
 
 
यो शुक्रबारबाट प्रदर्शनको लागी तयार फिल्मको विजनेसले जेनिशाको करियरमा पनि प्रभाव राख्नसक्छ । किनकी उनका पछिल्ला फिल्म सफल छैनन् ।
 
 व्यवसायिक रुपमा जे जसो हुँदैगर्दा पनि जेनिशाले फिल्ममा गरेको कामले पनि खास अर्थ राख्ने देखिन्छ । किनकी विजनेालाई छाडेर उनले गरेको काम प्रशंसनिय बनेका अन्य फिल्म भेट्नको लागी उनलाइ केहि सहज हुनसक्छ ।
 
फिल्ममा जेनिशासँगै आरएल महर्जन र आकास शाह, सुरज श्रेष्ठ लिड रोलमा रहेको फिल्मलाई राज शाक्यले निर्देशन गरेका हुन् । फिल्ममा अपोजिट भुमिकामा रहेका सुरजले  यसअघि 'ठेगाना' फिल्म निर्माण गरेका थिए भने उनी नेवारी सिरियलको निर्माण तथा अभिनयमा पनि सकृय छन् ।