Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.14/5.00)
Text size:-
+
-

दुई दिनमा 'जय परशुराम'ले कति कमायो ? (वक्सअफिस)

फिल्मीखबर, काठमाडौं, 2016/08/14
 
 
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'जय परशुराम'ले सुखद ओपनिङ गरेको छ । वितरक तथा हल सञ्चालकहरुबाट फिल्मीखबरलाई प्राप्त विवरण अनुसार फिल्मले दुई दिनमा देशभरबाट ६३ लाखको विजनेस गरेको छ । 
 
 रिलिज हुने नहुनेबारेको अनेकन प्रचारले फिल्मको विजनेसमा केहि असर पारेपनि निर्माण टिमले प्राप्त विजनेसबाट सन्तुष्ट रहेको बताएको छ । राजधानीमा फिल्मले पहिलो दिन ८ लाख र दोश्रो दिन १७ लाखको विजनेस गरेको वितरण श्रोत बताउँछ । 
 
त्यस्तै मोफसलमा दुई दिनमा फिल्मले  लाखको विजनेस गरेको वितरक केदार पराजुलीले बताए । उनले फिल्मले मोफसलका हलहरुबाट पहिलो दिन १३ लाख र दोश्रो दिन २५ लाखको विजनेस गरेको दाबी गरे । मल्टिप्लेक्समा धेरै शो नपाएकोले फिल्मको विजनेस राजधानीमा भन्दा मोफसलमा माथी पाईएको छ ।
 
रोज राणाको निर्माण निर्देशन रहेको फिल्म लागेका हलहरुमा स्टार अभिनेता विराज भट्ट पुग्दा दर्शकले घेरे अनि सेल्फी र तश्विर खिचेका थिए । फिल्ममा विराजसँगै निशा अधिकारी र रविन तामाङ लिड रोलमा छन् ।
Most Visited News (monthly)