Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

रामबाबुको कथामा सरप्राईज निश्चल,'झूम्की' ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/08/15
 
असोज ७ लाई फाईनल रिलिज तय गरेको फिल्म 'झूम्की'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यसअघि कलाकारको रुपमा बाहिर नल्याईएका निर्देशक तथा अभिनेता निश्चल बस्नेत सरप्राईज स्वरुप ट्रेलरमा देखिएका छन् । 
 
 
निश्चललाई सेनाको अबतारमा प्रस्तुत गरिएको ट्रेलरमा अभिनेता दयाहाङ राईलाई  प्रहरीको अबतारमा देख्न सकिन्छ । एक अनुसन्धानको लागी मैदानमा उत्रेका सिपाहीको रुपमा दुबै जनालाई देखाईएको छ । 
 
अपिल बिष्ट निर्देशित फिल्मको कथा 'कबड्डी' निर्देशक रामबाबु गुरुङले लेखेका हुन्। फिल्ममा रिश्मा गुरुङ, मलिना जोशी, मनोज आरसी लगायत लिड अभिनयमा छन् । शैलेन्द्र डि कार्कीले फिल्म खिचेका हुन् ।
Most Visited News (monthly)