यो हप्ता एकसाथ पर्दामा भिडेका बलिउडका दुई स्टार अक्षयकुमार र ऋतिक रोशनमा अक्षय अब्बल देखिएका छन् । अक्षयको फिल्म 'रुस्तोम' ले ऋतिकको फिल्म 'मोहेन्जो दारो'लाई विजनेसमा धेरै उछिनेको छ ।

पहिलो दिन अक्षयको फिल्मले १४ करोड ११ लाख कमाउँदा ऋतिकको फिल्मले जम्मा ८ करोड ८७ लाखको विजनेस गर्यो भने दोश्रो दिन अक्षयको फिल्मले १६ करोड ४३ लाख कमाउँदा ऋतिकको फिल्मले ९ करोड ५ लाखमा चित्त बुझायो ।
समग्रमा दुई दिनको कलेक्शनमा 'रुस्तोम'ले ३० करोड ५४ लाखको विजनेस गरेको छ भने 'मोहेन्जो दारो'ले जम्मा १७ करोड ९२ लाखको विजनेस गरेको छ । यो विजनेसले नै प्रष्ट्याएको छ कि अक्षयको अगाडी ऋतिक निरिह बनेका छन् ।
आईतबार भारतमा विदाको दिन पर्दै गर्दा अक्षयको फिल्मले २० करोडको आसपास विजनेस गर्ने अनुमान छ भने ऋतिकको फिल्मले १२ करोडको आसपास विजनेस गर्ने अनुमान वलिउड पण्डितहरुले गरेका छन् ।

