Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेर्नुहोस, यस्तो बनेर आयो रेखाले स्वर दिएको 'लालजोडी' को 'माँ कसम..' (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/08/15
 
भदौ १७ रिलिज हुने फिल्म 'लालजोडी'को 'माँ कसम..' बोलको गीत रिलिज भएको छ । सार्वजनिक गीतमा कमेडी फ्लेभरमा पञ्चहरु जोडिएको छ भने चल दृश्यहरु पनि सोहि प्रकारका छन् । 
 
सञ्चारकर्मी लक्ष्मण सुवेदी निर्देशित उक्त फिल्मको सार्वजनिक गीतमा स्वर सुपरस्टारको दर्जा पाएकी हिरोइन् रेखा थापाले दिएकी छिन् । पछिल्लो समय अभिनयसँगै गायनमा सकृय रेखाको स्वर समावेश गीतमा मेल भर्सनमा भने स्वर प्र्हाद तिमिल्सिनाको छ ।
 
निर्देशक सुवेदीको नै शब्द समावेश गीतमा संगीत थानेश्वर गौतमको छ । लिड कलाकार ज्योति काफ्ले र रजनी केसी फिचरिङमा रहेको गीतमा नृत्य निर्देशन रामजी लामिछानेको छ ।
 
कमेडी जनरामा बनेको फिल्म अहिले चर्चामा छ । फिल्ममा रजनि र ज्योती (नक्कली बाबुराम)सँगै बुद्धि तामाङ, गोविन्द कोईराला, आयुष्मा कार्की लगायत लिड रोलमा छन् । 'लालजोडी'मा सानोपर्दामा चर्चित कलाकारहरुको बाहुल्यता छ ।
 
Most Visited News (monthly)