Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14833 - 14838 of 23747
फिल्मीखबर, काठमाण्डौ, 2016-03-08, मंगलवार

राणाकालिन प्रधानमन्त्री जंगबहादुर राणाको जीवन भोगाईलाई समेटेर तयार पारिएको फिल्म 'जंगे' को ट्रेलर सार्वजनिक  गरिएको छ । ऐतिहासिक कथाबस्तु बोलेको फिल्मको रिलिज मिति बैशाख १७ लाई यसअघि नै सार्वजनिक गरिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2016-03-07, सोमवार

गत शुक्रबारबाट प्रदर्शनमा आएको युवा स्टार अनमोल केसी अभिनित फिल्म 'ड्रिम्स'ले बक्सअफिसमा आक्रामक बिजनेसलाई जारी राखेको छ । उत्कृष्ट ओपनिङ गरेको फिल्मले प्रदर्शनको चौथो दिनसम्म पनि उत्कृष्ट लयलाई कायमै राखेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-03-07, सोमवार

दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको अभिनय समावेश अन्तिम भनिएको फिल्म 'ईन्द्रावती'को ट्रेलर सार्वजनिक गरिएको छ । चर्चित टेलिफिल्म 'ईन्द्रावती'बाट यो फिल्मको नाम सापटी लिईएको छ । फिल्ममा श्रीकृष्ण र विपना थाला लिड रोलमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-03-07, सोमवार

'क्लासिक' निर्देशक दिनेश राउतले दर्शकले चाहना राख्दैगर्दा फिल्मको सिक्वेल आउन सक्ने बताएका छन् । यसअघि 'क्लासिक' निर्माणको क्रममा नै यो फिल्मको सिक्वेल बन्ने चर्चा थियो । तर फिल्मको सफल रिलिज सँगै फिल्म युनिटले यो बिषयमा कुरा खोलेक हो ।

फिल्मीखबर, काठमाडौं, 2016-03-07, सोमवार

रेखा थापा स्टारर फिल्म 'रामप्यारी' को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा रेखा थापाको टेम्पो चालक वाला मजदुर अबतारसँगै एक्शन समावेश छ । रेखाले आफुलाई कलियुगको रामको रुपमा ट्रेलरमा उतारेकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2016-03-06, आईतवार

 प्रतिस्पर्धि एक फिल्मको प्रचार तिब्र हुँदा अर्को फिल्म 'लक्ष्य'को प्रचार अलिक कम छ । तर निर्माण युनिट अब प्रचारलाई व्यापकता दिँदै आक्रामक शैली अपनाउने रणनीतिमा रहेको दाबी गर्छ । 

Results : 14833 - 14838 of 23747
Most Visited News (monthly)