Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

थाईल्याण्डमा खिचिने गरी 'नेपालीको शान' घोषणा

फिल्मीखबर, काठमाडौं, 2016/08/15
 
बर्षमा तीनदेखी पाँचवटा सम्म फिल्म निर्देशन गर्ने निर्देशकमा चिनिन्छन् बिएस बलामी । कलाकार खोज्दै छु भन्दाको केहि हप्तामै फिल्म नै खिचेर सकाएको बोल्ने दुर्त काम वाला यी निर्देशनको सोमबार नयाँ प्रोजेक्ट घोषणा भएको छ । 
 
 
५० प्रतिशत दृश्य पर्यटकिय शहर थाईल्याण्डमा खिच्नेगरी घोषणा गरिएको फिल्ममा लिड कलाकारमा जीवन लुईंटेल छन् । पछिल्लो समय पर्दामा खासै नजमेका जीवनको पुरनो क्रेज दोहोर्याउने विश्वास सहित फिल्ममा लिएको निर्देशक बताउँछन् । मुम्बई रहेको कारण कार्यक्रममा जीवन भने उपस्थित भएनन् ।
 
जीवनको अपोजिटमा सिमा केसी रहनेछिन् भने प्रज्वल गिरी पनि लिड कलााकर हुन् । निशा शाहको कथामा बन्न लागेको फिल्मलाई सञ्जु थोकर लामाले खिच्नेछन् भने फिल्ममा टंक बुढाथोकी र सम्राट थापाको सगीत रहने बताईएको छ ।
 
अर्को हप्ताबाट फ्लोरमा जाने भनिएको राष्ट्रियताको कथा बोल्ने 'नेपालीको शान' लाई यहि बर्षको माघे सक्रान्तिको छेकोमा अर्थात पौष २९ मा रिलिज गर्ने घोषणा निर्माण टिमले गरेको छ ।
 
फिल्ममा राजेन्द्र गौतम, ज्ञानु श्रेष्ठ, प्रकाश खत्री, गेहेन्द्र बज्राचार्य लगायतको लगानी रहनेछ भने थाइल्याण्डबाट विशेष सहयोगीमा राजु बलामीलाई राखिएको छ भने मिडिया संयोजनको जिम्मेवारी सञ्चारकर्मी कुमार आचार्यलाई दिईएको छ ।
 
Most Visited News (monthly)