Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

सलमानसँगको नयाँ फिल्म बारे कट्रिनाले मुख खोलिन्

एजेन्सी, मुम्बई, 2016/08/29
एक था टाईगर को हिट जोडी सलमान खान अनि कट्रिना कैफ । यी दुईको प्रेम प्रसंगले पनि वलिउडमा राम्रै चर्चा पायो । उक्त फिल्मयता दर्शकले एकसाथ यो जोडीलाई देख्न पाएका छैनन् । अहिले सलमान कट्रिना सँगै काम गर्न लागेको चर्चाले वलिउड तातेको छ ।
 
सुल्तान निर्देशक अलि अब्बास जफरको नयाँ प्रोजेक्ट 'टाईगर जिन्दा है'मा सलमान र कट्रिनालाई एकसाथ ल्याउने तयारी बताईएको छ ।
 
यो बिषयमा मिडिया कर्मीले सोधेको प्रश्नमा कट्रिनाले जवाफ फर्काउँदै निर्माताले अहिलेसम्म अफिसियल घोषणा नगरेको भन्दै आफुले यो विषयमा अहिलेसम्म कुनै खबर नपाएको समेत दाबी गरेकी छिन् ।
 
योसँगै कट्रिनाले निर्माताले प्रस्ताव गरेको खण्डमा आफुले फिल्म अफिसियल घोषणाको लागी पनि निर्मातालाई दबाब दिने बोलेकी छिन् । कट्रिनाको यो ग्रिन सिग्नलले सलमान र कट्रिनालाई पुनः पर्दामा सँगै देख्न पाईने सम्भावना प्रवल देखिएको छ ।
Most Visited News (monthly)