मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

सबै दृश्य एनिमेशन गरिएको 'द फेमस' को गीत सार्वजनिक (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/08/28
समिर बलामी निर्देशित फिल्म  'द फेमस'को गाजुल ती आँखा बोलको एक भिडीयो गीत र फस्टलुक सार्वजनिक गरिएको छ । सबै गीत एनिमेशन गरिएको नेपालको पहिलो फिल्म दाबी गरिएको 'द फेमस'  संचारकर्मी समेत रहेका बलामीको सातौं निर्देशन हो । 
 
 
सार्वजनिक गीत तयार हुन १८ महिना लागेको निर्माण पक्षको दाबी छ । 'गाजलु ती आँखा' बोलको गीतमा संगीतकार सन्तोष प्रगाढको संगीत तथा दिपक लिम्बु र चन्दा केसीको स्वर रहेको छ । शब्द रचनाकार शंकर अधिकारी घायल हुन् ।
 
 
गीतमा सविना कार्की, सुरवि जैन विष्ट र सुमन थापा फिचरिङमा छन् । अशोक कार्कीले खिचेको गीतलाई सुधिर श्रेष्ठ र सुरेश चौधरीले निर्देशन गरेका हुन् । गीतसँगै फिल्मको पोस्टर पनि सार्वजनिक भएको छ । फिल्ममा प्रमोद खड्का, सुरवि जैन विष्ट, सोनिया जिआर हुन् लिड रोलमा छन् । 
 
 
प्रमोदले यस अघि रेखा थापासंँग 'भेटी', झरना थापासँग 'लफडा', महानायक राजेश हमालसँग 'मार्यो नी मायाले मार्यो' लगायत दर्जनौ फिल्ममा अभिनय गरिसकेका छन् । डबल लभ स्टोरी र फेमीली ड्रामा भनिएको फिल्म तिहार लक्षित मिति कार्तिक १९ गते प्रदर्शनमा आउँदैछ ।