मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(20 votes, avg 1.20/5.00)
Text size:-
+
-

खुल्यो १३ लाख पारिश्रमिकमा निखिलले गरेको 'मजाक' रहस्य

फिल्मीखबर, काठमाडौं, 2016/08/28
सात बर्ष पहिले वलिउड तथा भोजपुरी फिल्ममा अभिनयको लागी काठमाडौँबाट मुम्बई पुगेका स्टार अभिनेता निखिल उप्रेती पुनः नेपाली फिल्ममा फर्किए । त्यसपश्चातको कमब्याक पनि दमदार नै रह्यो । तर निखिलले गरेको एक भोजपुरी फिल्म भने बल्ल रिलिजको लागी तयारी सुरु भएको छ । 
 
 
नेपाली, भोजपुरी तथा हिन्दी भाषामा डबिङ सहित रिलिज हुने भनिएको भोजपुरी फिल्म 'मजाक'मा निखिल लिड रोलमा छन् । उक्त फिल्मको लागी निखिलले १३ लाख नेपाली रुपैयाँ पारिश्रमिक लिएको श्रोत बताउँछ ।
 
यसमा पनि निखिलले अब आफु नेपाली फिल्ममा फर्किसकेको भन्दै सकेसम्म यो फिल्मलाई नेपालमा रिलिज नै नगराउन समेत निर्माण टिमलाई दबाब दिएको बताईन्छ ।
 
नेपाली फिल्मसँगै भोजपुरी फिल्ममा देखिँदै गरेका निखिलको 'मजाक'लाई नेपालको सिरहा, बन्दिपुर, धनुषा, इलाम लगायतका स्थानमा छायांकन गरिएको छ । फिल्ममा निखिलका अलवा समिता र किसोर यादव लिड रोलमा छन् ।
 
मिथिलेस निसाधले निर्देशन गरेको फिल्ममा हिमाल केसीको एक्सन छ । हिमालले पनि यो फिल्मको लागी मोटो रकममा काम थालेका थिए ।