बलिउड स्टार अक्षयकुमार स्टारर फिल्म 'रुस्तम'ले वर्ल्डवाईड वक्सअफिसमा २ सय करोड ग्रस विजनेस पार गरेको छ । फिल्मले प्रदर्शनको १६ औं दिनमा २ सय करोडको विजनेस आँकडा पार गरेको हो ।
२ सय करोड १६ दिनमा ग्रस विजनेस गर्ने पहिलो फिल्मको रेकर्ड पनि 'रुस्तम'ले राखेको छ । वलिउड वक्सअफिसमा मात्रै फिल्मले १ सय ६५ करोड ७५ लाख ग्रस विजनेस गरेको छ । फिल्मको प्रदर्शन जारी छ ।
'इएरलिफ्ट'पछि २ सय करोडको विजनेस आँकडा पार गर्ने अक्षयको यो दोश्रो फिल्म हो ।