Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्वलै हुनेछैन् 'किस्मत २' सुब्बा बनेर भिड्न आउँदै जीवन

फिल्मीखबर, काठमाडौं, 2016/09/19
दशैंको छेकोमा छबिराज ओझाको फिल्म 'किस्मत २' यसअघि नै रिलिजको लागी  तयार छ । यो फिल्मसँग निखिल उप्रेतीको 'किङ' भिड्ने चर्चाका बीच फिल्मको रिलिज सरेसँगै अब जीचन लुईंटेलको फिल्म आउने पक्का भएको छ । फिल्म 'सुब्बा साब'ले प्रदर्शनको मिति असोज २१ लाई तय गरेको हो ।
 
 
राजु अधिकारीको निर्देशनमा तयार 'सुब्बा साब'मा जीवन सुब्बा बनेर आउँदै गर्दा उनीसँगै पर्दामा गौरी मल्ल, सरोज खनाल, वर्षा शिवाकोटी, जान्वी बस्नेत आउनेछन् । महिमा सिलवाल, दिपक ढकाल, अर्जुन गौतम पनि फिल्मका लिड कलाकार हुन् । 
 
 
पारिवारिक कथामा निर्माण ‘सुब्बा साब’ निजामति कर्मचारी सुब्बाको इमान्दरिता र राष्ट्रसेवासँगै सन्तानप्रतिको माया र दायित्वको मुख्य कथा हो । फिल्मलाई जीवन अर्याल र रामबहादुर कोइरीले निर्माण गरेका हुन् । 
 
मौनता श्रेष्ठको पटकथा, हिरामणि न्यौपानेको कथा तथा संगीत र पवन गौतमको छायांकन रहेको ‘सुब्बा साब’ तराइ भेगमा बढि गरिएको थियो । फिल्मलाई आर आर फिल्म्स ले वितरणको जिम्मा लिएको हो ।
Most Visited News (monthly)