Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अनुपले मलिनालाई रानी बनाउने पक्का !

फिल्मीखबर, काठमाडौं, 2016/09/18
अभिनेता अनुपविक्रम शाही र अभिनेत्री तथा पुर्व मिस नेपाल मलिना जोशीको सम्बन्धमा ब्रेकअप र पारपाचुकेको  हल्ला मिडियामा अनेक समय गसिप बन्यो । तर पछिल्लो समय यो जोडी पुनः सँगसँगै छ । रियलका प्रेमी प्रेमीका अनुप र मलिनाले अब पर्दामा पनि सँगसँगै रोमान्स गर्ने पक्का भएको छ । 
 
दयाराम दाहालले निर्देशन गर्ने फिल्म 'रानी'मा यो जोडी एकसाथ देखिने पक्का भएको हो । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा सहित कलाकार सार्वजनिक गरियो । 
 
बिमल मान गुभाजुको लगानी रहने फिल्ममा अनुपविक्रम र मलिनासँगसँगै  मनिष श्रेष्ठ्, सौरक ताम्रकार लगायतका कलाकारको अभिनय रहने छ । 
 
फिल्मलाई जोमसोम, काठमाडौं लगायतका ठाउँमा खिचिने बताईएको छ । 'रानी'मा सँंगीत अर्जुन पोख्रेल,विजय घिमिरे  र दयाराम दहालको सङ्गित रहने छ ।
Most Visited News (monthly)