Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सलमानको घाँटीमा जुत्ताको माला

एजेन्सी, मुम्बई, 2016/09/19
बलिउडमा सुपरस्टार सलमान खानलाई नचिन्ने कोहि नहोलान् । फिल्म प्रेमी दर्शकमाझ सलमानको नामै काफी छ । तर पछिल्लो पटक सलमानको गला (घाँटी)मा जु्त्ताको माला परेको छ ।
 
पछिल्लो समय 'ट्युवलाईट' को सुटिङमा व्यस्त सलमानलाई जुत्ताको माला भने गलत कामको कारण लगाईएको होईन् । सलमानले बहिनि अर्पिताको सन्तान आफ्नो भान्जासँग जिस्किँदै तश्विर खिचाएका थिए । उक्त तश्विर अर्पिताले सार्वजनिक गरेकी थिईन् । 
 
सामाजिक सञ्जालमा भाईरल बनेको यो तश्विर अर्पिताले आफ्नो दाजु, श्रीमान र बच्चालाई एकसाथ सेयर गर्दै यो तश्विर पोष्टेकी थिईन् । उनले उक्त तश्विर सेयर गर्दै एक फ्रेमले मेरी लाईफ लेखेकी थिईन् ।
Most Visited News (monthly)