मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.00/5.00)
Text size:-
+
-

देशभर `छक्का पञ्जा` मेला | दोस्रो साता पनि हाउसफुल

फिल्मीखबर, काठमाण्डौ, 2016/09/18
सम्भवत धेरै समयपछि नेपाली फिल्मले दर्शकको माया पाएको छ । दर्शकको क्रेज पाएर कुनै फिल्मको टिकट रिलिजको दोश्रो हप्तासम्म पाउन पनि गार्‍हो बनेको अवस्थामा 'छक्का पञ्जा'ले त्यो माया पाएको छ । 
 
भाद्र २४ गतेबाट रिलिज भएको फिल्म 'छक्का पन्जा' दोहोर्याई तेहेर्याई हेर्न जाने चाह राख्नेको ठुलो जमात छ । फिल्म दोश्रो सातामा चलिरहेको छ तर दर्शकको क्रेज जस्ताको तस्तै छ । टिकट नपाएर निराश बनेका दर्शकको ठुलो जमात छ । मल्टिपेल्क्सदेखि सिङल थिएटरसम्म 'छक्का पन्जा' ले नै राज गरिरहेको छ ।
 
निर्देशक दिपाश्री निरौलाको डेव्यु फिल्म 'छक्का पन्जा' ले शनिबार सम्ममा करिब ५ करोडको व्यापार गर्ने आँकडा छ जुन सम्भवत नेपाली फिल्मले कमाएको सबैभन्दा बढी पहिलो हप्ते कमाई हो ।
 
दर्शकले टिकट नपाएर गोपिकृष्ण हल चावहिलमा नाराबाजी नै लगाउदा निर्देशक दिपाश्री निरौला स्वयम पुगेर दर्शकलाई अरु शो हेर्न अनुरोध गर्न बाध्य पारेको देखियो । यस्तै अन्य मल्टिप्लेक्समा पनि दर्शक ओईरेको देख्दा लाग्छ देशमा ठुलै मेला लागेको छ । 
 
फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, केदार घिमिरे, बुद्धी तमाङ, नम्रता सापकोटा, शिवहरी पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।