मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

पतिलाई हिरो नबनाउँदा सलमानदेखी रिसाइन् बहिनी

एजेन्सी, मुम्बई, 2017/04/20
बलीउडस्टार सलमान खानसँग उनकी बहिनी रिसाएकी छिन् । यस कारण सलमानदेखी बहिनी रिसाएकी हुन् किनकी सलमानले बहिनीसँग गरेको एक बाचा पूरा गरेनन् । खासमा, अर्पिताका पति आयूष शर्मा बलीउड फिल्ममा डेब्यू गर्न चाहन्थे । सलमानले बाचा गरेका थिए कि आयुषलाई आफ्नो प्रोडक्सनको कुनै एक फिल्मबाट लञ्च गर्नेछन् तर अहिलेसम्म सलमानले त्यो बचन पूरा गरेका छैनन् । 
 
 
सुत्रका अनुसार, आयूषलाई कयौं फिल्ममेकर्सबाट अफर आएको छ । विवाहको तीन महिनापछि नै आयूषलाई एक नामचीन फिल्म प्रोडक्शनले आफ्नो नयाँ फिल्ममा लिड रोल निभाउनका लागि अफर गरेको थियो तर आयूषले उक्त अफर स्वीकार गरेनन् ।  त्यसपछि आयूषलाई परिवारका सदस्यहरुले एक्टिङ र फिल्ममेकिङको बारेमा सिक्नका लागि कबीर खानको 'बजरंगी भाईजान' को सेटमा जान सल्लाह दिए । त्यसपछि उनलाई कबीरको फिल्म 'ट्यूबलाइट' को प्रोडक्सन टीमको हिस्सा बनाइयो । 
 
अब आयूष फिल्ममा डेब्यू गर्न तयारी अवस्थामा रहेको बताइएको छ । आयूषलाई लञ्च गर्न भैरहेको ढिलासुस्तीका कारण अर्पिता सलमानदेखी अहिले निकै रिसाएकी छिन् । सलमानभन्दा अगाडी आयूष कुनैपनि फिल्ममेकरसँग हात मिलाउने सोचमा छैनन् ।