मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जब आलियाका बडिगार्डले रक्सीको नशामा यस्तो गरे !

एजेन्सी, मुम्बई, 2017/04/19
बलीउड सेलिब्रिटीहरु खासगरि फ्यानको भिडमा घेरिने गर्छन्, यस्तोमा उनीहरुलाई आफ्नो बडीगार्डको आवश्यकता पर्दछ । 
 
बलीउड यस्तो सिचुएशनबाट बच्नका लागि आफ्नो बडीगार्डसँगै आउने जाने गर्दछन् तर जब आफ्नै सुरक्षा गर्ने बडीगार्डदेखी नै आँफै डराउनु परे के हुन्छ होला ? 
 
यस्तै नै एक सिचुएन बलीउड अभिनेत्री आलिया भट्टसँग पनि भयो, जब उनले पूरा बाटो आफ्नो बडीगार्डसँग डराउँदै काट्नु पर्यो ।  त्यसो त आलिया बीना बडीगार्ड घरबाट बाहिर निस्किन्नन् तर सिद्धार्थको घर उनी विना बडीगार्ड नै पुगिन् । स्पोटब्वाईको एक खबरका अनुसार, हालैमा आलिया निकै राती आफ्नो कथित ब्वायफ्रेन्ड सिद्धार्थ मल्होत्राको घर विना बडीगार्ड पुगेकी थिइन् ।
 
 
तर, सिद्धार्थको घरबाट फर्किएको बखत आलिया निकै ढिलो भैसकेकी थिइन् र निकै राती अर्थात ३ बजे आलिया त्यहाँबाट एक्लै फर्किन सक्ने अवस्था थिएन । उनले पहिला नै बडीगार्डलाई सुचित गराएकी थिइन् कि ऊ सिद्धार्थको घरमा चाँडै पुगोस् तर ति बडीगार्ड पुगेनन् । त्यसपछि आलियाले धेरै पटक बडीगार्डलाई फोन गरिन् । कयौं पटक बडीगार्डलाई फोन गरेपछि बल्ल-बल्ल बडीगार्ड सिद्धार्थको घर पुगे तर आफ्नो बडीगार्डको त्यो हालत देखेपछि आलिया आफै डराइन् ।
 
खासमा कुरा यो हो कि जब उनका बडीगार्ड सिद्धार्थको घरमा पुगे तब आलियाले देखिन् कि बडीगार्ड रक्सीको नशामा आफै राम्रोसँग उभिन सकिरहेका थिएनन् । जसो-तसो गरेर आलिया सोही बडीगार्डसँग घर फर्किइन् तर बडीगार्डको त्यस्तो हालत देखेर आलिया आफै नै डराएकी थिइन् । घर आएर आलियाले सबै कुरा आमालाई भनिन् र आमाले उक्त बडिगार्डलाई जागिरबाट नै निकालिदिइन् ।