मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमिर खानलाई बिशेष अवार्ड

एजेन्सी, मुम्बई, 2017/04/19
आमिर खानलाई ७५ औं मास्टर दीनानाथ मंगेशकरको बिशेष अवार्डले सम्मान गरिने भएको छ । आमिरलाई बिशेष रुपमा फिल्म 'दंगल'बाट यस पुरस्कारले सम्मान गर्न लागिएको हो ।
 
 
त्यस्तै, बलिउडकी पुरानी अभिनेत्री वैजयंतीमाला बाली र भारतलाई पहिलो बिश्वकप दिलाउन सफल क्रिकेटर कपिल देवलाई पनि यो सम्मान प्रदान हुनेछ । बिभिन्न क्षेत्रमा उत्कृष्ट काम गरे बापत यो पुरस्कारले सम्मान हुने गरेको छ ।
 
मास्टर दीनानाथ प्रतिष्ठान र हृदयेश आर्ट्सको तर्फबाट २४ अप्रिलमा मुम्बईको षड्मुखानंद हलमा आयोजना हुने एक समारोहका बीच सम्मान हुनेछ ।