मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'एलजी फिल्म अवार्ड'मा फिल्म दर्ता आह्वान

फिल्मीखबर, काठमाण्डौ, 2017/04/19
गएको बर्ष बलीउड अभिनेता शत्रुघन सिन्हाको आतिथ्यतामा भएको 'एलजी सिने सर्कल अवार्ड'ले यस बर्ष पनि निरन्तरता पाउने भएको छ । 
 
दिनेश डिसी संयोजक रहेको सिनेमा सर्कल नेपालको आयोजनामा हुने अवार्डका लागि नि:शुल्क चलचित्रको नाम दर्ता गर्न आह्वान गरिएको छ । आयोजक संस्था सिनेमा सर्कलले जारी गरेको विज्ञप्तीमा बैशाख १६ गतेभित्र २०७३ मा प्रदर्शनमा आएका चलचित्रहरुको नाम दर्ता गर्न उल्लेख गरिएको छ । 
 
 
जारी विज्ञप्तीमा अवार्ड हुने मिति भने सार्वजनिक गरिएको छैन । २३ विधामा वितरण गरिँदै आएको 'एलजी फिल्म अवार्ड' मा पर्दा पछाडीका प्राविधिक, पोष्टर डिजाइनर, स्टन्ट म्यान, छायांकन स्थलमा खाना पकाउनेसम्मलाई सम्मान र अवार्ड प्रदान गरिँदै आएको छ । 
 
आयोजक संस्था सिनेमा सर्कलले अनलाइनमार्फत नि:शुल्क चलचित्रको नाम दर्ता गर्ने व्यवस्था पनि मिलाएको छ । त्यसका लागि 'एलजी सिनेमा सर्कल अवार्ड २०७४' को अफिसियल बेवसाइट (https://goo.gl/forms/hpGYqd39l1J5Jz6S2) मा गएर नि:शुल्क फर्म भर्न सकिने अवार्ड संयोजक डिसीले जानकारी दिए । 
 
गएको बर्ष काठमाडौंको आर्मी अफिसर क्लबमा बलीउड अभिनेता शत्रुघन सिन्हा र उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा ‘एलजी फिल्म अवार्ड २०७३’ सम्पन्न भएको थियो ।