मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

शर्मिलाको नयाँ फिल्म दिपेन्द्रले निर्देशन गर्ने, लगानी हुनेछ पाँच करोड

फिल्मीखबर, काठमाण्डौ, 2017/04/19
नेपाली फिल्म 'लभ लभ लभ'की निर्मात्री शर्मिला पाण्डेले नयाँ प्रोजेक्ट घोषणा गर्दैछिन् । केहि दिनमा नै पत्रकार सम्मेलन गरी घोषणा हुने फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गर्नेछन् ।
 
उक्त चलचित्र पाँच करोड लगानीमा बन्नेछ । यद्यपी आधिकारिक घोषणा भने हुन बाँकी नै छ । यो अनटाइटल्ड चलचित्रको निर्देशन पाण्डेको पहिलो चलचित्र 'लभ लभ लभ'का निर्देशक खनालले नै निर्देशन गर्न लागेका हुन् ।
 
यो चलचित्रमा निर्मात्री पाण्डेका छोराले भने अभिनय गर्नेछैनन् । निर्मात्री पाण्डेका अनुसार सुरज निर्माताको भूमिकामा रहनेछन् । यो चलचित्र पनि सुरज सिने आर्ट्सको ब्यानरमा बन्नेछ ।
 
नयाँ प्रोजेक्टको बारेमा बोल्दै निर्मात्री पाण्डेले पहिले आफुले छोरालाई पर्दामा देखाउने इच्छा र आफुले फिल्म बनाउने रहरमा चलचित्रमा आएको र अब भने व्यबसायिक बनेको बताएकी छिन् । 
 
 
'तपाईँ किन चलचित्र निर्माणलाई निरन्तरता दिनुभयो त?' भन्ने प्रश्नमा पाण्डेले भनिन्, 'पहिले म रहरमा आएकी थिएँ, अब भने व्याबसायिक हुनेछु । चलचित्र उद्योगमा नयाँ लगानी गरेर आउनेलाई पुरानोले च्याप्ने प्रवृत्ती देखेँ, त्यसकारण पनि मैले तुरुन्त नयाँ चलचित्र शुरु गर्न लागेकी हुँ' । फागुन महिनामा नै रिलीजको लक्ष्य रहेको बताउँदै पाण्डेले चलचित्रमा पाँच करोड लगानी गरेर उल्लेखनिय काम गर्ने बताएकी छिन् । 
 
सम्भवत यो चलचित्र नै नेपाली चलचित्र इतिहासको सबैभन्दा बढि लगानी हुने चलचित्र बन्नेछ ।
 
'मैले दिपेन्द्रलाई भगवान कै रुपमा मानेकी छु । मेरो छोरोलाई पत्याएर कलाकार बनाउने श्रेय खनाललाई नै जान्छ' पाण्डेले भनिन्, मैले दिपेन्द्र के खनालको क्षमता देखेकी छु, त्यसकारण पुन: उहाँलाई नै निर्देशनको जिम्मा दिँदैछु' ।
 
पाण्डेका अनुसार यो चलचित्रमा नेपालका चर्चित कलाकारहरुको अभिनय रहनेछ ।