मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निखिल र एफडी बिच विवाद, आखिर किन ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/19
एकै मितिमा एकभन्दा बढी फिल्म रिलिज हुने परम्परा नेपाल सायद अनौठो रहेन । प्राय प्रत्येक हप्ता सिनेमा हलमा केही लागेनन् भने पनि दुई फिल्म एकसाथ रिलिज हुन्छन् । नेपालमा यो पनि अनौठो रहेन कि हप्ता ननाघ्दै एउटै कलाकारको फिल्म रिलिज नभएका हुन् । यस्तै हुँदैछ साउन महिनामा पनि । यो महिनामा यस बर्षका प्रतिक्षित सिनेमाहरु हलमा लाग्दैछन् । अझ साउनको सबैभन्दा प्रतिक्षित फिल्म हो 'प्रेमगीत २' र 'संरक्षण' । यो फिल्म एकसाथ साउन १३ गतेबाट हलमा लाग्दैछ । 
 
'प्रेमगीत २' ले साउन १३ गतेलाई रिलिज डेट फाइनल गरेको केही हप्तापछि निखिल उप्रेती र सौगात मल्ल स्टारर फिल्म 'संरक्षण' ले पनि उक्त मितिलाई नै टार्गेट गर्दै आफ्नो रिलिज डेट फाइनल गरेको हो । यसकारण पनि साउन १३ गतेको लडाई रोचक हुनेमा शंका छैन् । अझ यो फिल्म रिलिज भएको एक हप्तापछि निखिल उप्रेती स्टारर फिल्म 'रुद्र' आउने कुरा पनि तपाईहरुलाई थाहा नै होला । यो फिल्मले यसअघि नै साउन २० गतेलाई रिलिज डेट लक गरेको थियो । आफू अभिनित फिल्म 'संरक्षण' रिलिज भएको एक हप्तापछि अर्को फिल्म 'रुद्र' आउने भएपछि अहिले निखिल तनाबमा देखिएका छन् । 
 
 
'रुद्र' निखिलको आफ्नै होम प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म हो । यो फिल्म एफडी कम्पनीले वितरण गर्दैछ भने 'संरक्षण' पनि एफडी कै फिल्म हो । निखिलले आफ्नो फिल्म साउन २० गते नै रिलिज गर्ने ढिप्पी कसेर बसेका छन् भने 'संरक्षण' पनि साउन १३ गतेबाट पछाडि हट्ने तयारीमा छैन । एफडी कम्पनीले साउन २० गतेबाट 'रुद्र' को रिलिज डेट पोस्टपोन्ड गर्ने तयारीमा छ तर निखिल यो मान्न तयार छैनन् । 
 
यो विवाद यतिसम्म चुलिएको छ कि साउन २० गते 'रुद्र' हलमा नलागे निखिलले अर्को वितरक कम्पनीबाट साउन १३ गते नै आफ्नो फिल्म ल्याउने जोखिम समेत मोल्न तयारी अवस्थामा छन् । यसैले अहिले एफडी कम्पनी र निखिलबीच केही दिनयता दैनिक जसो नै बैठक हुँदै आएको छ । खबरका अनुसार, 'संरक्षण' र 'रुद्र' मध्ये एक फिल्मको रिलिज पोस्टपोन्ड हुन सक्छ ।