मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'बाहुबली' आउट, रेखा इन

फिल्मीखबर, काठमाण्डौ, 2017/05/19
२८ अप्रिलमा रिलिज भएको दक्षिण भारतको बहुप्रतिक्षित सिनेमा 'बाहुबली २' ले भारतमा मात्र होइन नेपालमा पनि राम्रै पैसा छाप्यो । यो फिल्मले वल्डवाइड करीब १३ सय करोडमाथिको ग्रस आम्दानी गरिसकेको छ । नेपालमा पनि प्रदर्शनको ३ हप्तामा लगभग ७ करोडमाथीको विजनेश गरेको यो फिल्मले हिजो बिहीवारसम्म मल्टिप्लेक्स र सिंगल हल पूरै कब्जा गरेको थियो । अहिलेपनि यो फिल्म मल्टिप्लेक्समा हाउसफूल छ । तर, आज शुक्रवारबाट भने 'बाहुबली २' नेपालका अधिकांश सिंगल हलबाट उत्रिएको छ, कारण आजबाट रेखा थापा स्टारर फिल्म 'डायरी' प्रदर्शनमा आएको छ । सिंगल हलको बादशाह मानिने रेखाले नेपालका अधिकांश सिंगल हल कब्जा गरेकी छिन् भने मल्टिप्लेक्समा पनि 'डायरी' ले केही शो पाएको छ । 
 
पहिलो पटक भिलेन अवतारमा देखिन लागेकी रेखालाई यो फिल्मको व्यापारले धेरै अर्थ राख्छ । विस्तारै गुम्दै गएको स्टारडम बचाउनका लागि पनि रेखालाई 'डायरी' ले व्यावसायिक सफलता हात पार्न आवश्यक छ । गएको बर्ष उनी अभिनित फिल्म 'पलाँस' हलमा लागेको थियो तर यसले कुनै कमाल गरेन । 'पलाँस' असफल भएपछि सिनेवृतमा रेखाको स्टारडम गम्दै गएको चर्चा पनि खुबै चलिरहेको छ । अब 'डायरी' ले यसको निर्णय गर्ने छ कि रेखाको स्टारडम जिवित नै छ वा साँच्चै गुमेको नै हो । 
 
छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको फिल्मलाई 'आवरणु' फिल्म मार्फत् निर्माताको रुपमा प्रवेश गरेका अनिल योन्जनले निर्देशन गरेका हुन् । फिल्ममा कथा छेतेन गुरुङको छ । फिल्ममा रेखाका अलवा छुल्ठिम गुरुङ र नव-नायक सन्नी सिंहको पनि मुख्य भूमिका छ । पहिलो पटक नायिका छुल्ठिमले यही फिल्मबाट निर्माणमा हात हालेकी हुन् ।