मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

यस्ती देखिन लागिन् आमिरकी पहिली श्रीमती

एजेन्सी, मुम्बई, 2017/05/19
आमिर खानकी पहिली श्रीमती रीना दत्ताको बारेमा कमै व्यक्ति जानकार छन् । हालैमा उनका केही तश्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन, जसमा उनी निकै मोटी देखिएकी छन् । उनी नरगिस रोड बान्द्रा मुम्बईमा स्पोट भएकी थिइन् । 
 
बताइदिउँ, रीनाको एक झलक, आमिरको फिल्म 'कयामत से कयामत तक' (१९८८) मा पनि देखिएको थियो । यो फिल्ममा जस्तो उनको लुक थियो अहिले त्यस्तो विल्कुलै छैन । अहिले रीनाको वेट निकै बढेको छ । 
 
फिल्म 'कयामत से कयामत तक' को रिलिज भएपछि यो कुरा बाहिर आएको थियो कि आमिर खान विवाहित हुन् र फिल्ममा उनकी वाइफ रीना पनि देखिएकी थिइन् । 'कयामत से कयामत तक' फिल्ममा आमिरसँग जूही चावला लीड एक्ट्रेस थिइन् । यो फिल्म सुपरहिट भएको थियो ।