मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वुझ्नुहोस्, प्रियंका र आयुष्मानको प्रेम फितलो छैन

फिल्मीखबर, काठमाण्डौ, 2017/05/19
यो कुरा तपाईहरु पहिलो पटक त पक्कै सुन्दै हुनुहुन्न होला किनकी केही महिनायता प्रियंका कार्की र नायक आयुष्मान देसराज जोशी गहिरो प्रेममा रहेको कुरा सबैलाई थाहा छ । आफूभन्दा झण्डै ५ बर्ष कान्छा आयुष्मानसँग प्रियंकाको निकटता फिल्म ‘कथा काठमाण्डु’को सेटबाट भएको हो । यो फिल्मको सुट सुरु हुँदा बोलचाल शुभारम्भ भएको आयुष्मान र प्रियंकाले फिल्मको छायांकन सकिँदा एकअर्कालाई मनमुटु साटिसकेका थिए । 
 
 
अहिले सिनेवृतमा यो जोडीको प्रेम चर्चा सबैभन्दा हट केक बनेको छ । केही हप्तादेखि यो जोडी गोप्य भेटघाटसँगै सार्वजनिक कार्यक्रममा नै एकअर्काको हात समात्दै हिँडेको देख्न सकिन्छ । बिहीवार राजधानीमा एनएफडिसी अवार्डको नोमिनेशन सार्वजनिक कार्यक्रम थियो र एकसाथ एउटै गाडीबाट ओर्लिए आयुष्मान र प्रियंका । कार्यक्रम भैरहेको हलमा छिर्नुभन्दा अगाडि उनीहरुले मिडियाको अगाडि निर्धक्क अंगालोमा बाँधिएर तश्वीर खिचाए । 
 
 
कार्यक्रम अवधिभर आयुष्मान नायिका प्रियंका कार्कीको निकै केयर गरिरहेको देख्न सकिन्थ्यो । दिन प्रतिदिन झाँगिदै गएको प्रियंका र आयुष्मानको प्रेम देख्दा अहिले नेपालका अन्य सेलिव्रेटीहरु पनि डाहा गर्न लागेका छन् । यसअघि आयुष्मान 'चपली हाईट २' की नायिका परमिता आरएल राणासँगको प्रेममा थिए भने प्रियंका डिभोर्सी हुन् ।